Menu

आजको मौसम

चैते दशैंको अवसरमा वीरगंज महानगरपालिकामा मौलो पूजा सम्पन्न

Author
Trilok Khabar |
March 26, 2026
Featured

वीरगंज । चैते दशैंको पावन अवसरमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज महानगरपालिकाको कार्यालय परिसरमा विधिपूर्वक मौलो पूजा तथा अर्चना गर्नुभएको छ।

परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा नगर प्रमुख सिंहले पूजा अर्चना गर्दै नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्‌बाट सुरक्षा प्राप्तिको कामना गर्नुभएको थियो।

हरेक वर्ष चैते दशैंका अवसरमा गरिने यस प्रकारको पूजा कार्यक्रमले धार्मिक आस्था संरक्षण गर्नुका साथै सुरक्षासँग सम्बन्धित निकायप्रति सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिएको छ। कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।

पूजा पश्चात नगर प्रमुख सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्कारहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।

चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्वका रूपमा मानिन्छ। यस अवसरमा विभिन्न शक्तिपीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रमहरू आयोजना गरिने परम्परा रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3