पर्सा , भदौ ९ —
गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १० गते बुधबार परेको मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा हुनेछ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मुस्लिम आयोगबाट भदौ १० गते मोहम्मद जयन्ती परेको व्यहोरा जानकारी प्राप्त भएपछि उक्त दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामना समेत व्यक्त गरेको छ। सूचनामा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेको हस्ताक्षर रहेको छ।
गृह मन्त्रालयले यसअघि सार्वजनिक बिदासम्बन्धी जारी गरेको राजपत्रमा समेत सम्बन्धित पर्व तथा दिवसका आधारमा बिदाको व्यवस्था गरेको छ।