Menu

आजको मौसम

सर्लाहीमा ध्वनि प्रदूषण गर्ने डीजेसहितको गाडी र दुई जना नियन्त्रणमा

Author
News Desk |
August 10, 2026
Featured


सर्लाही , साउन २५ —

सर्लाही प्रहरीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण हुने गरी डीजे बजाएको आरोपमा डीजेसहितको गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, जिल्ला प्रशासन कार्यालय सर्लाहीसँगको सहमति तथा जिल्ला सुरक्षा समितिको निर्णयविपरीत डीजे बजाइएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर नगरपालिका–१ का ५५ वर्षीय जागेश्वर पण्डित र बागमती नगरपालिका–४ का २३ वर्षीय जगन्नाथ साहलाई डीजे जडान गरिएको गाडीसहित नियन्त्रणमा लिइएको हो। उनीहरूसँगै डीजेमा प्रयोग हुने विभिन्न साउन्ड सिस्टम तथा उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

सर्लाही जिल्ला मलंगवा नगरपालिका–९ गोरखकालीबाट नियन्त्रणमा लिइएका उनीहरू र गाडीका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिएका छन्।

प्रहरीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा ध्वनि प्रदूषण गर्ने गरी डीजे नबजाउन सम्बन्धित सबैलाई आग्रह गर्दै अन्यथा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3