Menu

आजको मौसम

आफूमाथि लागेको आरोप निराधार : वीरगंज–४ का वडा अध्यक्ष कानु

Author
News Feed |
August 25, 2026
Featured

वीरगंज — वीरगंज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानुले ओम साई क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरका सञ्चालक सुरज कुमार चन्द्रवंशीले आफूमाथि लगाएका आरोप पूर्ण रूपमा निराधार रहेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै वडा अध्यक्ष कानुले नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी जबरजस्ती घर खाली गराउन खोजिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरे। उनले अदालतको फैसला तथा प्रचलित कानुनी प्रक्रियाअनुसार नै विवादित घरजग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको बताए।

कानुका अनुसार विवादित घरजग्गा बैंकको लिलामी प्रक्रियामार्फत २ करोड ४१ लाख रुपैयाँमा सबिता देवी सर्राफको नाममा आएको हो। अदालतले समेत सबिता देवीको पक्षमा फैसला गरेपछि फैसला कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घरजग्गा खाली गर्न आग्रह गरिएको उनले बताए।

उनका अनुसार २०८३ असार ११ गते अदालतबाट सबिता देवीको पक्षमा फैसला भएको थियो। त्यसपछि असार १५ गते सबिता देवीले घरजग्गा खाली गराइदिन माग गर्दै वडा कार्यालयमा निवेदन दिएको र सोही निवेदन तथा अदालतबाट प्राप्त पत्रका आधारमा वडा कार्यालयले कानुनअनुसार सूचना जारी गरी प्रक्रिया अघि बढाएको कानुको भनाइ छ।

विवाद समाधानका लागि वडा कार्यालयले दुवै पक्षलाई पटक–पटक आपसी सहमतिमा बसेर समस्या समाधान गर्न आग्रह गरेको उनले बताए। तर सुरज कुमार चन्द्रवंशीले सहमति जनाउन नमानेपछि विवाद थप जटिल बनेको र त्यसपछि वडा कार्यालयमाथि नै गलत आरोप लगाइएको कानुले दाबी गरे।

वडा अध्यक्ष कानुले घरजग्गासँग सम्बन्धित पक्ष पितिड सर्राफले बैंकको २ करोड ४१ लाख रुपैयाँ र दुई वर्षको ब्याज बुझाएमा उक्त घरजग्गा तत्कालै सुरज कुमार चन्द्रवंशीको नाममा पास गरिदिने प्रतिबद्धता जनाएको समेत जानकारी दिए।

उनले चन्द्रवंशीको नियतमाथि प्रश्न उठाउँदै बैंकको लगानी डुबाउने तथा अर्काको नाममा रहेको जग्गा हडप्ने मनसाय देखिएको आरोपसमेत लगाए। यद्यपि, यी आरोपहरू वडा अध्यक्ष कानुले लगाएका दाबी हुन्।

वडा अध्यक्ष कानुले वडा कार्यालय कुनै व्यक्तिविशेषको पक्ष वा विपक्षमा नभई अदालतको आदेश र प्रचलित कानुनअनुसार आफ्नो दायित्व निर्वाह गरिरहेको स्पष्ट पारे।

उनले सबै पक्षलाई कानुनी प्रक्रियाको सम्मान गर्दै आपसी सहमतिबाट विवाद समाधान गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3