Menu

आजको मौसम

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरका लागि इन्धन पठाइयो

Author
News Feed |
August 26, 2026
Featured

पर्सा , भदौ १० —

रसुवा बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि परिचालित नेपाली सेनाका हेलिकप्टरलाई आवश्यक इन्धन पठाइएको छ।

नेपाली सेनाको हेलिकप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई दर्जन ड्रम इन्धन लिएर प्रभावित क्षेत्रतर्फ उडान भरेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका चार वटा हेलिकप्टर खोजी तथा उद्धार कार्यमा परिचालित छन्। ती हेलिकप्टरको इन्धन सकिन लागेपछि एकैपटक आवश्यक इन्धन पठाइएको बताइएको छ।

बाढीपछि रसुवाका विभिन्न प्रभावित क्षेत्रमा बेपत्ता तथा विस्थापित नागरिकको खोजी, उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ। सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोधका कारण कतिपय क्षेत्रमा हवाई माध्यमबाटै उद्धार तथा राहत सामग्री पुर्‍याउने प्रयास भइरहेको छ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता थप कडा पारिएको जनाइएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले विमानस्थलबाट हुने उडान तथा सुरक्षा व्यवस्थापनमा समेत विशेष निगरानी बढाइएको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3