Menu

आजको मौसम

पटेर्वा सुगौलीमा ६६ लाखको लागतमा चार कोठे विद्यालय भवन निर्माण सुरु

Author
News Feed |
August 02, 2026
Featured

पर्सा, साउन १७ —

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा चार कोठे नयाँ विद्यालय भवन निर्माण कार्य सुरु भएको छ।

आइतबार गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो चौधरीले पूजाआजा गरी भवनको शिलान्यास गरेकी हुन्। दिव्य विकास स्रोत केन्द्र पर्सा र एक्शन एड नेपालको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत करिब ६६ लाख ९३ हजार रुपैयाँको लागतमा विद्यालय भवन निर्माण हुन लागेको हो।

दिव्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद पटेलले नयाँ भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित सिकाइ वातावरण उपलब्ध गराउने तथा विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश चौधरी, वडा अध्यक्ष वासु पञ्जियार, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, उपभोक्ता समितिका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो। निर्माण कार्य समयमै सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधार सुदृढ भई पठनपाठन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3