Menu

आजको मौसम

वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न टोली स्थलगत निरीक्षणमा

Author
News Feed |
August 25, 2026
Featured

वीरगंज , भदौ ९ —

सरकारले वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेपछि टोलीले मंगलबार कारखाना परिसरको स्थलगत निरीक्षण गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते कारखानाको वर्तमान अवस्था, विगतका निर्णय तथा यसअघि तयार भएका अध्ययन र प्रतिवेदनको समीक्षा गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न कार्यदल गठन गरेको हो।

कार्यदलको संयोजकमा मन्त्रालयका सिडिई श्रीकान्त यादव तथा सदस्यमा शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा रहेका छन्। कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी पाएको छ।

टोलीले कारखाना परिसरमा रहेका भवन, संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र पुनः प्रयोग गर्न सकिने अवस्थाबारे समेत अध्ययन गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3