Menu

आजको मौसम

अनिलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

Author
News Desk |
August 10, 2026
Featured

बारा: अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना हुने ‘एनटी टप एन्ड टी-२०’ सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। क्यानले बाराका अनिल साहको कप्तानीमा टोली घोषणा गरेको हो।

क्यानले रोहित पौडेल, लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीजस्ता पहिलो रोजाइका मुख्य खेलाडीहरूलाई यस भ्रमणका लागि विश्राम दिएको छ।

यस्तो छ १५ सदस्यीय नेपाली टोली: अनिल साह (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन शर्राफ, दीपक डुम्रे, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल।

अगस्ट २१ देखि ३० (भदौ ५ देखि १४) सम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालले लिग चरणअन्तर्गत कुल ६ वटा खेल खेल्ने तालिका रहेको छ।

नेपालको खेल तालिका:

अगस्ट २१: पहिलो खेल एनटी स्ट्राइकसँग

अगस्ट २२: बंगलादेश हाई–परफर्मेन्स टोलीसँग

अगस्ट २४: होबार्ट हुरिकेन्स एकेडेमीसँग

अगस्ट २६: एसीटी कोमेट्ससँग

अगस्ट २७: किङ्समेनसँग

अगस्ट २९: भिक्टोरियासँग

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3