Menu

आजको मौसम

९ वटा ग्याँस सिलिन्डर पड्किदा आगलागी

Author
News Desk |
August 10, 2026
Featured

रौतहट, २५ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवा गाउँँनजिकै रहेको एक घरमा सोमवार बिहान विद्युत सर्ट भएर आगलागी हुँदा ९ वटा ग्याँस सिलिन्डर पड्किएका छन।
स्थानीयका अनुसार दुधिअवा गाउँँनजिकै दीपेन्द्र भक्त खरेलको घरमा इँटा उद्योगमा काम गर्ने मजदुरहरूको सुविधाका लागि राखिएको ग्याँस तथा अन्य सामग्री रहेको स्थानमा बिहान करिब ७ः१५ बजे विद्युत सर्ट भएर आगलागी भएको हो।
आगलागीपछि ग्याँस सिलिन्डर पड्किँदा आगो थप फैलिएको थियो। घटनामा घरमा रहेका घरायसी तथा अन्य सरसामान जलेर नष्ट भएको र करिब १८ लाख ५८ हजार रुपियाँँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागी नियन्त्रणका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल परिचालन गरिएको थियो। उनीहरूको सक्रियतामा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक राजेश खत्रीले जानकारी दिनुभयो।
घटनामा मानवीय क्षति भएरनभएकोवारे थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले आगलागीबाट भएको क्षतिको थप विवरण सङ्कलन गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3