Menu

आजको मौसम

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

Author
News Desk |
August 11, 2026
Featured

वीरगंज , साउन २६ —

पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले १०५ किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत बेतिया जिल्लाको उजहरुपरजिलवा भागा श्रीनगर–३ का ५० वर्षीय सउरु चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ९ बजे सोनबर्साबाट चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार चौधरीको साथबाट बरामद भएको गाँजा नियन्त्रणमा लिएर उनलाई प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3