Menu

आजको मौसम

बारामा भारतीय ट्रेलरले पाँचवटा सवारीलाई ठक्कर दियो

Author
News Desk |
August 07, 2026
Featured

बारा, साउन २३ —

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रकले पाँच वटा सवारीसाधनलाई ठक्कर दिँदा सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

शुक्रबार राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको HR 69 D 7969 नम्बरको भारतीय ट्रेलर ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा गई अनियन्त्रित भएर पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका पाँच वटा सवारीसाधनलाई ठक्कर दिएको हो।

दुर्घटनामा ना.१ ज ६८८१ नम्बरको कार, लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यान, ना.४ च ५३३४ नम्बरको योद्धा पिकअप र बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि भारतीय ट्रेलरका चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनाका कारण केही समय सडक एकतर्फी सञ्चालन भएको थियो। प्रहरीले क्रेनको सहयोगमा ट्रेलर हटाउनुका साथै अन्य साना सवारीसाधनसमेत घटनास्थलबाट कार्यालयतर्फ ल्याएपछि शनिबार बिहान करिब २ बजे सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जनाएको छ।

दुर्घटनामा संलग्न भारतीय ट्रेलर तथा क्षतिग्रस्त सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3