Menu

आजको मौसम

बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

Author
News Desk |
August 10, 2026
Featured

बारा , साउन २५ —

बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

फेटा गाउँपालिका–७ कुकुरभुक्कास्थित रुपनारायण साह कानुको घरमा शिवगुरुको पूजा हुने भएपछि भजन बजाउनका लागि स्पिकर जडान गर्ने क्रममा स्थानीय लक्ष्मी साह तेलीका १८ वर्षीय छोरा गणेश साह तेलीलाई करेन्ट लागेको हो।

बुधबार दिउँसो करिब १२ बजे स्पिकरको एम्प्लिफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका गणेशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

अस्पतालमा करिब १२ः३८ बजे चिकित्सकले ईसीजी परीक्षण गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी नायब निरीक्षक कृष्णनन्दन ठाकुरको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3