Menu

आजको मौसम

स्कारपियो दुर्घटनामा एकजनाको मृत्यु

Author
News Desk |
August 18, 2026
Featured

मकवानपुर, २ भदौं । मकवानपुरको भीमफेदी गाउँँपालिका–६ जुरीखेतमा मंगलवार बिहान भएको स्कारपियो गाडी दुर्घटनामा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंजका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीय श्रीमती लक्ष्मी बडुको मृत्यु भएको छ। बडु परिवार बैतडीको दशरथचन्द नगरपालिका–७ का बासिन्दा हुन् ।

काठमाडौंबाट वीरगंज जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो गाडी मंगलवार बिहान करिब ७ः०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी, गाडी चालक छुनिलाल चौधरी, रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु गरी ६ जना घाइते भएका थिए।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्पmत थप उपचारका लागि काठमाडौं लगिएको थियो।

थप उपचारका लागि बिहान १०ः०४ बजे छाउनी पु¥याइएका घाइतेमध्ये लक्ष्मी बडुको उपचारकै क्रममा बिहान १०ः२९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको शव छाउनी अस्पतालमै राखिएको छ।

दुर्घटनामा घाइते भएका उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको छाउनी अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक छुनिलाल चौधरी र मृतक लक्ष्मीका श्रीमान् रजिस्ट्रार बडुको हेटौंडा अस्पतालमा उपचार जारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3