वीरगंज । प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई बरामद भएको प्रहरीले जनाएको छ।
शनिवार अपरान्ह ५ः५० बजे इलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा ना.१० प ४४६९ नम्बरको मोटरसाइकल रोकी जाँचका क्रममा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–२ घर भई हाल चितवनको माडी नगरपालिका–९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुड्ढो साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय ५०० दरका ३७६ थान नोट (रू. १ लाख ८८ हजार), २०० दरका ७५ थान नोट (रू. १५ हजार) तथा १०० दरका ३६५ थान नोट (रू. ३६ हजार ५००) गरी जम्मा भारतीय रुपियाँ २ लाख ३९ हजार ५०० बरामद गरिएको हो। बरामद रकम, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिबन्धित भारु दुई लाखसहित दुईजना पक्राउ
News Feed
|
August 01, 2026
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?