Menu

आजको मौसम

भारतीय थल सेनाध्यक्षसंग प्रधानमन्त्री शाहको शिष्टाचार भेट

Author
News Desk |
August 18, 2026
Featured


वीरगंज , भदौ २ —

प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी भएका थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणका लागि सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आएका हुन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3