Menu

आजको मौसम

प्रधानमन्त्री शाहलाई मोदीको फोन, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

Author
News Feed |
August 26, 2026
Featured

पर्सा , भदौ १० —

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन सम्पर्क गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्का विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार फोनवार्ताका क्रममा मोदीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता जनाएका छन्।

यसअघि मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका थिए। उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकसँग ऐक्यबद्ध भएर उभिएको बताएका थिए।

मोदीले भारत नेपाललाई सम्भव सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार रहेको उल्लेख गरेका छन्। साथै, उद्धार तथा राहत कार्यका लागि भारतीय टोलीले नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको समेत उनले बताएका छन्।

रसुवामा आएको भीषण बाढीपछि ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित विभिन्न निकायबाट खोजी, उद्धार तथा राहत कार्य जारी रहेको छ।

भारतीय प्रधानमन्त्री मोदीको फोन तथा सहयोगको प्रतिबद्धतालाई विपद्को समयमा नेपालप्रति भारतको ऐक्यबद्धता र मानवीय सहयोगका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3