Menu

आजको मौसम

थाइल्यान्डमा बन्दुक नियन्त्रणका लागि कडा कानुन ल्याउने प्रधानमन्त्रीको घोषणा

Author
News Desk |
August 08, 2026
Featured

एजेन्सी , साउन २३ —

थाइल्यान्डका प्रधानमन्त्री अनुत्तिन चर्णवीराकुलले बन्दुक नियन्त्रणका लागि थप कडा कानुन ल्याउने घोषणा गर्नुभएको छ। राजधानी बैंककको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा गोली चलाउने १४ वर्षीय किशोरसहित ८ जनाको मृत्यु भएपछि प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो।

घटनापछि विपक्षी नेताहरूले समेत देशको बन्दुक नियन्त्रणसम्बन्धी नीतिको पुनरावलोकन गर्न सरकारसँग माग गरेका थिए। त्यसपछि प्रधानमन्त्री अनुत्तिनले सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाउने तथा ड्युटीमा रहेका सरकारी अधिकारीलाई मात्र हतियार बोक्न अनुमति दिने गरी नयाँ कानुनी व्यवस्था गर्ने बताउनुभएको छ।

प्रहरीका अनुसार १४ वर्षीय किशोरले आफू बस्दै आएको घरमा आफ्ना हजुरबुबा र हजुरआमाको हत्या गरेपछि नोनथाबुरीस्थित देब्सिरिन स्कुल पुगेका थिए। विद्यालय पुगेपछि उनले पाँच शिक्षकसहित अन्य व्यक्तिमाथि गोली चलाएका थिए। घटनापछि उनले आफैंलाई समेत गोली हानेका थिए।

गोलीकाण्डप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री अनुत्तिनले यस्ता घटना हुनै नहुने बताउनुभएको छ। उहाँले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै बन्दुक नियन्त्रणका लागि थप कडा कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ।

थाइल्यान्ड दक्षिण–पूर्वी एसियामा नागरिकको हातमा ठूलो संख्यामा बन्दुक रहेको देशमध्ये एक हो। त्यहाँ करिब १ करोड ३ लाख बन्दुक नागरिकको स्वामित्वमा रहेको अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3