Menu

आजको मौसम

अढाई दशकदेखि बन्द वीरगंज चिनी कारखाना सञ्चालनको प्रक्रिया अघि बढ्यो

Author
News Desk |
August 18, 2026
Featured

वीरगंज , भदौ २ —

करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालन गर्ने विषयमा सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र कार्ययोजना तयार गर्न कार्यदल गठन गरिएको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको कारखानाको विगतका अध्ययन तथा प्रतिवेदन समीक्षा गर्दै आगामी कदम सिफारिस गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ। कार्यदलले कारखानाको वित्तीय, प्राविधिक, आर्थिक, कानुनी तथा भौतिक अवस्था अध्ययन गरी १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनेछ।

कार्यदलले कारखाना परिसरका भवन, मेसिनरी, पार्टपुर्जा तथा जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गर्नेछ। पुराना संरचना र मेसिनरीबाट सञ्चालन सम्भव छ वा नयाँ प्रविधि आवश्यक पर्छ भन्ने विषयमा पनि सुझाव दिनेछ।

वीरगंज चिनी कारखानाले २०२१ साल माघ १८ गतेदेखि उत्पादन सुरु गरेको थियो। घाटा बढ्दै गएपछि तत्कालीन मन्त्रिपरिषद्ले २०५९ फागुन १५ गते कारखाना बन्द गर्ने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3