Menu

आजको मौसम

तस्करीको ‘लाइन’ मिलाइदिने भन्दै रकम लिएको आरोप, सशस्त्र प्रहरीले थाल्यो छानबिन

Author
News Desk |
August 01, 2026
Featured

बारा, साउन १६ —

बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा नाकामा तस्करीको ‘लाइन’ मिलाइदिने भन्दै सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केशव रानाले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा एक लाख रुपैयाँ लिएको आरोप लागेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा एक व्यक्तिले असई रानालाई तस्करीका लागि ‘लाइन’ मिलाइदिन भन्दै कर्जा लिएर एक लाख रुपैयाँ दिएको दाबी गरेका छन्। रकम फिर्ता नगरे कडा कारबाही गर्ने चेतावनीसमेत भिडियोमा दिइएको छ। ती व्यक्तिले असई रानालाई कमिसनस्वरूप कपडासमेत उपलब्ध गराउँदै आएको दाबी गरेका छन्।

यस विषयमा मटिअर्वास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मका डीएसपी दिपेन्द्र थापाले घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको बताएका छन्। रकम लेनदेन भएको पुष्टि भए दुवै पक्षलाई कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने तथा संलग्न कर्मचारीमाथि आवश्यक कारबाही गरिने उनले बताएका छन्।

यता आरोपित असई केशव रानाले भने आफूले कुनै रकम नलिएको दाबी गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आरोप निराधार रहेको बताएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3