वीरगंज, १ भदौं । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेस्थित नेपाल–सीमा क्षेत्रबाट तस्करी गरि नेपाल भिœयाइँदै गरेका ७ वटा पाडा बरामद गरेको छ ।
प्रहरी चौकी धोरेबाट खटिएको टोलीले आइतवार साँझ करिब ६ः३५ बजे नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट डोर्रुयाउँदै नेपालतर्पm ल्याइँदै गरेका पाडाहरू नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बरामद ७ वटा पाडोको अनुमानित मूल्य २ लाख ४० हजार रुपियाँँ रहेको छ । पाडो भन्सार छलेर चोरी–पैठारी गरी नेपाल भित्र्याएको आरोपमा पर्साको विन्दवासिनी गाउँँपालिका–५ बस्ने ३८ वर्षीय फिदा हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पाडासहित पक्राउ गरिएका हुसेनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।