Menu

आजको मौसम

१ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

Author
News Desk |
August 10, 2026
Featured

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलमा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख बरिस्ठ प्रहरी नायब निरीक्ष्Fक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरेन्द्र बैठाको आफ्नै घरको आँगनबाट लागूऔषध गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार बैठाको घरको आँगनबाट ७० वटा पुरियामा रहेको ३८६ ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ३५० ग्राम गरी जम्मा १ किलो ७४४ ग्राम गाँजा बरामद गरिएको हो। लागूऔषधसहित पक्राउ परेका बैठालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक निरौलाको कमाण्डमा जितपुर क्षेत्रमा लागूऔषध तथा चोरी–डकैतीविरूद्ध प्रहरी कारबाही तीव्र बनेको स्थानीयको भनाइ छ। निरौला जितपुरमा प्रमुखको जिम्मेवारीमा आएयता करिब तीन महिनाको अवधिमा चोरी–डकैतीसम्बन्धी मुद्दामा १० जनालाई पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाइएको तथा लागूऔषध कारोवारमा संलग्न ९ जनालाई ब्राउन सुगर र गाँजासहित पक्राउ गरिएको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3