Menu

आजको मौसम

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, एक पक्राउ

Author
News Feed |
August 25, 2026
Featured

पर्सा , भदौ ९ —

काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल बानेश्वर–१० बस्ने २७ वर्षीय राज कठायत रहेका छन्।

मंगलबार बिहान जथाभावी बाटो काट्न खोजेका कठायतलाई महिला प्रहरी जवानले आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। सोही क्रममा उनले प्रहरी जवानमाथि हातपात गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।

हातपातलगत्तै कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3