Menu

आजको मौसम

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

Author
News Desk |
August 08, 2026
Featured

जनकपुरधाम, २३ साउनः नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उहाँले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताउनुभयो ।

पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उहाँले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको किचलो चाँडो समाधान गरेर एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3