Menu

आजको मौसम

५० हजार ठगीको आरोपमा रूपेश पक्राउ

Author
News Feed |
August 25, 2026
Featured

वीरगंज । स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपियाँ ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।


प्रहरीका अनुसार स्टाफ नर्समा नाम निकालिदिने भन्दै ५० हजार रुपियाँँ ठगी गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ करिब ५ बजे वीरगंज महानगरपालिका–८ बाट उनलाई नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ घर भई हाल वीरगंज महानगरपालिका–१५ मा डेरा गरी बस्दै आएका २७ वर्षीय रूपेश भन्ने कृष्णा प्रसाद पटेल रहेका छन् ।
पटेललाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3