Menu

आजको मौसम

विद्युत् महसुलको भ्याट खारेजी माग गर्दै हस्ताक्षर अभियान

Author
News Desk |
August 18, 2026
Featured

सिमरा , भदौ २ —

विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार बाराको सिमराबाट हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ। उज्यालो नेपालले विद्युत् महसुलमा लगाइएको भ्याट खारेज गर्नुका साथै डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि रोकिएको बक्यौता तत्काल असुल गर्न माग गरेको छ।

पार्टीले स्वदेशी बिजुलीको खपत बढाउन प्रोत्साहन, इन्डक्सन चुलोको प्रयोग विस्तार तथा ग्यास आपूर्ति सहज बनाउनसमेत सरकारसँग माग गरेको छ।
विद्युत् उत्पादन, रोजगारी र आर्थिक विकासको आधार भएकाले विद्युत्लाई सस्तो र सहज बनाउन अनावश्यक कर हटाउनुपर्ने पार्टीको भनाइ छ।

हस्ताक्षर अभियानमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग), जिल्ला सदस्य नविन लामा, सरिता लामालगायत सहभागी थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3