Menu

आजको मौसम

सिरहामा बोलबम श्रद्धालु सवार ट्र्याक्टर दुर्घटना, १५ जना घाइते

Author
News Desk |
August 10, 2026
Featured


वीरगंज, साउन २५ —

सिरहाको कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्र्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित स्कुल गेट नजिकैको उकालोमा आइतबार साँझ करिब ८ बजे दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार उत्तरबाहिनी मन्दिरबाट बन्दीपुरतर्फ आउँदै गरेको ज १ त ४८०८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको हो।

दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूमा कृष्णा मण्डल, गङ्गिया मण्डल, राहुल दास, प्रिन्स दास, गोपाल यादव, मोनाकुमारी मण्डल, चन्द्रकुमारी दास, रामदुलारी दास, रामकुमारी दास, पन्चा मण्डल, आशिषकुमार यादव, बिकी मण्डल, बिनाकुमारी मण्डल र कृष्णाकुमार यादव रहेका छन्।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3