Menu

आजको मौसम

श्मशान घाटको बिषयमा दुई गाउँबीच झडप हुँदा ८ जना घाइते

Author
News Desk |
August 07, 2026
Featured

पर्सा, साउन २२ —

पर्साको जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाका स्थानीयबीच श्मशान घाट जाने बाटोको विषयमा भएको विवाद झडपमा परिणत हुँदा ८ जना घाइते भएका छन्।

शुक्रबार जिराभवानी गाउँपालिका–४ भवानीपुर टोलबासी र जगरनाथपुर गाउँपालिका–३ बडगो टोलबासीबीच भएको झडपमा जगरनाथपुरका १९ वर्षीय रितेश राम, ६२ वर्षीया अनिता देवी राम, ३५ वर्षीया संगिता देवी, ४७ वर्षीया रवडी देवी, ७० वर्षीया भगनी देवी, ५५ वर्षीया कान्ती देवी, २२ वर्षीय करण हाजरा र १२ वर्षीय गोलु राम घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार, जिराभवानी र जगरनाथपुर गाउँपालिकाको सिमानामा रहेको ऐलानी जग्गास्थित श्मशान घाट जाने बाटोको विषयमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भएको हो।

यता, जगरनाथपुर गाउँपालिका–३ बडगो टोलका स्थानीयले भने दलित समुदायले लामो समयदेखि शव दाहसंस्कारका लागि प्रयोग गर्दै आएको श्मशान घाटको छुट्याइएको बाटोमा भवानीपुरका केही व्यक्तिले पुनः अतिक्रमण गर्न खोजेपछि विवाद चर्किएको दाबी गरेका छन्।

स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3