Menu

आजको मौसम

प्रधानमन्त्री शाहलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव

Author
News Feed |
August 25, 2026
Featured

पर्सा भदौ ९ —

प्रधानमन्त्री बालेन्द्र शाहलाई आँखाको सुरक्षाका लागि चिकित्सकहरूले सनग्लास (कालो चस्मा) र विशेष आई ड्रप प्रयोग गर्न सुझाव दिएका छन्।

उज्यालो प्रकाशमा हेर्न कठिनाइ भएको गुनासोपछि साउन २२ गते छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उनको आँखाको विस्तृत परीक्षण गरिएको थियो। परीक्षणपछि चिकित्सकहरूले आवश्यकताअनुसार सुरक्षात्मक उपाय अपनाउन सुझाव दिएका हुन्।

नेत्ररोग विशेषज्ञ एसोसिएट प्रोफेसर लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालका अनुसार शाहलाई कार्बोक्सिमिथाइलसेल्युलोज ०.५ प्रतिशत आई ड्रप नियमित रूपमा आवश्यकताअनुसार प्रयोग गर्न सिफारिस गरिएको छ।

चिकित्सकको सिफारिससहितको मेडिकल रिपोर्ट प्रधानमन्त्री कार्यालयले साउन २६ गते संघीय संसद् सचिवालयमा पठाएको थियो। बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत हुँदैछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3