Menu

आजको मौसम

वीरगंज भन्सारका डिएसपी अधिकारी र इन्स्पेक्टर वाइवा ‘बेस्ट इन्ट्रिग्रिटी अवार्ड’बाट सम्मानित

Author
News Desk |
August 18, 2026
Featured

वीरगंज, भदौ २ —

वीरगंज उद्योग वाणिज्य संघले वीरगंज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास अधिकारी र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तर वाइवालाई ‘बेस्ट इन्ट्रिग्रिटी अवार्ड २०८३’बाट सम्मान गरेको छ।

स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा स्थापना गरिएको अवार्डबाट अधिकारी र वाइवालाई जनही २५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको हो।

मंगलबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उनीहरूलाई अवार्ड प्रदान गरेका थिए।

अवार्ड प्रदान गर्दै अध्यक्ष गौतमले स्वर्गीय थपलियाको राष्ट्रसेवा र सुरक्षा क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै निजी क्षेत्र र सुरक्षा निकायबीच सहकार्य र समन्वय थप मजबुत हुनुपर्ने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टले सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, उद्धार तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको २०८० भदौ २ गते पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टरमा कार्यरत रहेकै अवस्थामा निधन भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3