Menu

आजको मौसम

३५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाखको करदाता पुरस्कार

Author
News Feed |
August 17, 2026
Featured

वीरगंज , भादौ १ —

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ।

आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गरेका हुन्।

साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ताले १० लाख रुपैयाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।

विभागका अनुसार दोस्रो पाक्षिक अवधिमा ३ लाख ५७ हजार १ सय ४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता भएका छन्। यसअघि साउनको पहिलो १५ दिनमा ७ हजार ७७ वटा मात्रै बिल दर्ता भएका थिए।

यससँगै करदाता प्रोत्साहन कार्यक्रमको पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3