Menu

आजको मौसम

सशस्त्र प्रहरी बल, पर्साद्वारा नौ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

Author
News Desk |
August 09, 2026
Featured

वीरगञ्ज, २४ साउन।

सशस्त्र प्रहरी बल, नेपालले पर्साको विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ओसारपसार भइरहेको करिब साढे नौ लाख रुपैयाँ बराबरको अवैध सामान तथा साधन बरामद गरेको छ।

मिति २०८३ साल साउन २४ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्ज तथा बि.ओ.पि. प्रसौनीभाठाबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनरुवा तथा भन्सार मेनगेट लगायतका सीमा क्षेत्रमा जाँच तथा गस्ती गर्ने क्रममा उक्त अवैध सामान नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामान तथा साधनहरूको विवरण:

  • इनरुवा सीमा क्षेत्र: रु. ६,३७,५००।– बराबरको कपडा तथा साइकल
  • इनरुवा पछाडि सीमा क्षेत्र: रु. १,५६,४००।– बराबरको कपडा
  • भन्सार मेनगेट क्षेत्र: रु. ९६,५८०।– बराबरको इलेक्ट्रिक तथा कस्मेटिक सामान र रु. २०,०००।– बराबरको घोडासहितको टाङ्गा
  • इनरुवा सीमा क्षेत्र (फलफूल): रु. ७,७००।– बराबरको स्याउ तथा सुन्तला
  • प्रसौनीभाठा सीमा क्षेत्र: रु. ८,०००।– बराबरको कपडा

यस प्रकार बरामद भएका सम्पूर्ण कपडा, इलेक्ट्रिक तथा कस्मेटिक सामग्री, फलफूल, साइकल र घोडासहितको टाङ्गा गरी जम्मा रु. ९,२६,१८०।– मूल्य बराबरका सामान तथा साधनहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी तथा स.प्र.ना.उ. मोहनराज निरौलाले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3