Menu

आजको मौसम

राउन्ड टेबल र रोटर्‍याक्ट क्लबको रक्तदान कार्यक्रममा ५८ जनाले गरे रक्तदान

Author
News Desk |
August 08, 2026
Featured

वीरगंज, साउन २३ —

राउन्ड टेबल नेपाल वीरगंज र रोटर्‍याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको संयुक्त आयोजनामा शनिबार वीरगंजको घण्टाघरस्थित स्व. तिवारी बाबाको सालिक परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा देवनाथ राय, सगुनकुमार सिंह, अफरोज अन्सारी, कृष्णमोहन यादव, सञ्जोग थापा, शक्ति श्रेष्ठ, सहिम राउत गद्दीलगायतले रक्तदान गरेका थिए।

कार्यक्रम राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल र रोटर्‍याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामविनय यादवको संयुक्त अध्यक्षतामा भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, दिनानाथ रौनियार, राजकिशोर प्रसाद, मोहित राजपाल र समाजसेवी राजेन्द्र भट्टराईलगायतको सहभागिता रहेको थियो।

अध्यक्ष मित्तलले रक्तदानबाट कसैलाई घाटा नहुने तर कसैको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने भएकाले नियमित रक्तदान गर्न आग्रह गरेका छन्।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा रहेको टोलीले रक्तदातालाई रक्तदानमा सहजीकरण गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3