Menu

आजको मौसम

जनताको सानातिना समस्या पनि समाधान गर्न नपाएकोमा सांसद पन्तको गुनासो

Author
News Desk |
August 18, 2026
Featured

काठमाडौं, २ भदौं । पर्सा क्षेत्र नं.–१ का सांसद बुद्धि (हरि) प्रसाद पन्तले सांसदहरूसँग कुनै स्रोत र कोष नहुँदा आफ्ना क्षेत्रका साना–तिना समस्याहरू समेत समाधान गर्न नसकेर टुलुटुलु हेरेर फर्किनु सिवाय अर्काे कुनै विकल्प नभएको बताएका छन् ।

मंगलवारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद पन्तले भने हामी आफ्नो निर्वाचन क्षेत्रमा जाँदा त्यहाँका स्थानीयहरूले हामीलाई अनेकौं समस्याहरू देखाँउछन र हामीबाट ती समस्याहरूको समाधानको आशा राख्ने गरेको बताए ।

स्थानीय पालिकाहरूसँग जोडिएका  बिषयहरूबारे सदनलाई ध्यानाकर्षण गर्दै सांसद पन्तले भने आफ्नो निर्वाचन क्षेत्रका कतिपय समस्याहरू स्थानीय सरकारहरूले नै न्यून बजेट र थोरै जनशक्ति परिचालन गर्दा पनि तुरून्तै समाधान हुने खालका हुन्छन् तर पनि कसैले ध्यान दिएको पाइदैन् ।

उनले भने, कतै पानी जमेर दह बनेका सडकहरूमा २–४ ट्रयाक्टर ग्राबेल बिछ्याएर समाधान हुने समस्याको समेत निकास नदिंदा कतिका बच्चाहरू वर्षातमा स्कुल जान नसकेको पीडाहरू छन । कहिं स्कुल गएका बच्चाहरू कक्षा कोठामा २–४ थान डेस्क बेन्च समेत नहुदा भुइँमा बसेर पढ्नु परेको पीडा छ । कहिं कक्षा कोठाहरूमा २–४ थान पंखा नहुँदा बच्चाहरू गर्मीले  कक्षामै बेहोस भएका घटनाहरू पनि छन ।  तर हामी सांसदहरूसँग त्यस्तो कुनै स्रोत र कोष नहुँदा आफ्ना क्षेत्रका ती साना तिना समस्याहरू समेत समाधान गर्न नसकेर टुलुटुलु हेरेर फर्किनु सिवाय अर्काे कुनै विकल्प हुन्न ।

उनले पहिलेका सरकारहरूमा संसदीय कोषको दुरूपयोग नगरिएको भए अहिले हामीले त्यसको सही सदुपयोग गर्न सकिने बताए । कहिलेकाहीं उद्देश्य सही हुँदाहुँदै पनि पात्र र प्रवृत्ति गलत हुँदा बिषय नै बिकृत हुन पुगेका उदाहरणहरु हुन् भएको उनको ठहर छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3