Menu

आजको मौसम

आज ४० जिल्लामा बाढीको जोखिम, नदी तथा खोलामा बहाव बढ्न सक्ने

Author
News Desk |
August 10, 2026
Featured

पर्सा , साउन २६ —

आज देशका ४० जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने र केही स्थानमा आकस्मिक बाढीको जोखिम रहेको छ।

महाशाखाका अनुसार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीमा बाढीको जोखिम रहेको छ।

महाशाखाले आज, भोलि र पर्सि प्रमुख नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ। वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

विशेषगरी साना खोला तथा नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा तथा नदी किनारमा बस्दा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3