Menu

आजको मौसम

लायन्सको वार्षिकोत्सवमा रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन

Author
News Desk |
August 17, 2026
Featured

वीरगंज ०१ भदौ । नेपाल लायन्सको ५५औं वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ वीरगंज गेटवेले वीरगंजका विभिन्न स्थानमा निश्शुल्क रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सञ्चालन शुरु गरको छ।

लायन्स क्लब अफ वीरगंज गेटवेका अध्यक्ष प्रकाश कुमार उपाध्यायको अध्यक्षतामा बसेको बैठकले भाद्र १ गते सोमवार पशुपतिनाथ मन्दिरमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ भने भाद्र ३ गते बुधवार घडिअर्वा पोखरी परिसर, भाद्र ५ गते शुक्रवार छपकैयास्थित ईदगाहा चौक, भाद्र ७ गते आइतवार शंखधर साख्वा (चिल्ड्रेन पार्क) र भाद्र ९ गते मंगलवार नगवा पोखरी परिसरमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

निर्धारित स्थानमा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पशुपतिनाथ मन्दिरका लागि लायन्स वकिल प्रसाद रौनियार, घडिअर्वा पोखरीका लागि लायन्स वीरेन्द्र कुमार आर्य, ईदगाहा चौकका लागि लायन्स फैयाज आलम, चिल्ड्रेन पार्कका लागि लायन्स श्याम बाबु प्रसाद र नगवा पोखरी परिसरका लागि लायन्स विकास जैसवाललाई संयोजक तोकिएको छ।

कार्यक्रमका लागि आवश्यक प्राविधिक सहयोग लायन्स डा. महेश्वर प्रसाद कुर्मीद्वारा सञ्चालित स्पर्श अस्पतालबाट प्राप्त हुने लायन्स क्लब अफ वीरगंज गेटवेका सचिव कपिलदेव तिवारीले जानकारी दिनुभयो।

निर्धारित कार्यक्रमअन्तर्गत पहिलो दिन सोमवार पशुपतिनाथ मन्दिरमा डिस्ट्रिक्ट गभर्नर लायन्स राम बिहारी पाण्डेको विशेष उपस्थितिमा स्वास्थ्यकर्मीलाई आवश्यक मेडिकल सामग्री हस्तान्तरण गर्दै क्लबका अध्यक्ष प्रकाश कुमार उपाध्यायले कार्यक्रमको शुभारम्भ गर्नुभएको छ।
क्लबले सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई आफ्नो रक्तचाप तथा मधुमेह परीक्षण गराउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3