काठमाडौं : एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला(आइडब्लुओसी) पुरस्कार प्रदान गरिने भएको छ। नेपालस्थित अमेरिकी मिसनको पहलमा एसिड पीडित खातुनलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो। मुस्कान यो सम्मान पाउने पहिलो व्यक्ति हुन्।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले मार्च ८ मा भर्चुअल कार्यक्रममार्फत मुस्कानसहित अन्यलाई उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।
Drumroll please! धेरै-धेरै बधाई। I'm absolutely thrilled to announce tht Nepal's Muskan Khatun will be receiving the @StateDept's International Women of Courage Award for her work to end acid attacks. She'll be the 1st Nepali to win & 1⃣of the youngest awardees ever!🙏 #IWOC2021 pic.twitter.com/gdbO0a4aEq
— Ambassador Randy Berry (@USAmbNepal) March 5, 2021२०७६ भदौ २० गते छपकैया घरबाट बिहान साढे ६ बजे स्कुल गइरहेका अवस्थामा वीरगन्ज–२ छपकैयाकै छिमेकी दुई युवकहरुले मुस्कानमाथि तेजाब प्रहार गरी सिकिस्त घाइते बनाएका थिए। मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको थियो। वीरगंजको छपकैंया निवासी मुस्कानको कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो।
आइडब्ल्युओसी हाल १५ औं वर्षमा प्रवेश गरेको र उसले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने गरेको अमेरिकी दूतावासले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्