जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न पालिकाहरूमा खोरैत रोगको प्रकोप देखा परेको छ । खोरैत रोगका कारणले कतिपय चौपायाको मृत्यु पनि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ ।
खोरैत रोगका कारणले हालसम्म सबैभन्दा बढी प्रभावित धनुषा जिल्लाको धनुषाधाम नगरपालिका भएको सो सो पालिकामा मात्र १ दर्जन जति चौपायाको मृत्यु भएको छ । नगरपालिकाको धारापानीमा व्यावसायिक रूपमा बङ्गुर पालन गर्दै आएका प्रेम लामाको बङ्गुर फारममा तीन वटा बङ्गुरको खोरैत रोगका कारणले मृत्यु भएको छ ।
यसै गरी सोही नगरपालिकामा खोरैत रोगका कारण भैँसी तथा केही पाडा पाडीको मृत्यु भएको छ । खोरैत रोगबाट करिब ६ सय भन्दा बढी चौपाया प्रभावित भएका कारणले दुई दिनभित्रमा नै खोरैत रोगका विरुद्धमा पि पि आर खोप अभियान चलाउने तयारी पशु विज्ञ केन्द्रले गरेको वरिष्ठ पशु चिकित्सक इन्द्रदेव साहले जानकारी दिनु भएको छ ।
खोरैत रोगबाट जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका तथा धनुषाधाम बढी प्रभावित रहेकाले सो पालिकाहरूमा रहेको पशु शाखाका प्रमुखहरूसँग आज भएको बैठकबाट दुई दिनभित्रमा खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
सिरहा जिल्लाको गोल बजारबाट बाख्राबाट खोरैत रोग सरेको अनुमान गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख साहले खोरैत रोगले मुख तथा खुट्टामा घाउ खटिरा आउने र पशुले खाना खान बन्द गरेपछि पशु चौपायाको मृत्यु हुने गरेको बताउनु भयो । प्रदेश नंं २ का सरकारले १ लाख ३० हजार चौपायामा निःशुल्क पि पि आरको खोप दिने कार्यक्रम रहेकोमा पहिलो चरणमा ६५ हजारमा खोप दिन लागेको प्रमुख साहले जानकारी दिनुभयो ।
खोरैत तथा सीमा विहीन रोग अन्वेषण प्रयोगशाला बुढा नीलकण्ठ काठमाडौँका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. कृष्णराज पाण्डेले खोरैत रोगको प्रकोप धनुषा, सिरहा तथा सिन्धुलीमा पनि देखिएकाले त्यसको स्थलगत अनुगमनका लागि आफूहरू आएको बताउँदै तत्काल खोप कार्यक्रम सञ्चालन गर्नका लागि सुझाव दिनुभयो । खोरैत रोग लागेका पशु चौपायालाई पनि पि टि सिक्स भ्यासिन दिन मिल्ने पनि डा. पाण्डेले बताउनुभयो ।
खोरैत रोग पशुको आवागमनले पनि सार्ने भएकाले सकभर रोग लागेका पशु चौपायाको आवागमनमा नै कमी ल्याउन जरुरी रहेको चिकित्सकहरूले सल्लाह दिएका छन् ।
https://ift.tt/3DRYvek
प्रतिक्रिया लेख्नुहोस्