बारा । बाराको निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमले नगर क्षेत्र भित्रका सुत्केरी तथा गर्भवती महिलाहरू लाभान्वित भएका छन् ।
नगरपालिकाले घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको व्यवस्था मिलाएको छ । कछडिया गाउँकी २३ वर्षीया करुणा कुँवरले स्वास्थ्यकर्मीको टोलीले घरमै आएर स्वास्थ्य परीक्षण गर्दा आफ्नो र बच्चाको स्वास्थ्य अवस्थालाई लिएर ढुक्क भएको बताउनुभयो ।
दुई साताकी सुत्केरी कविता स्वास्थ्यकर्मीले आफ्नो र बच्चाको स्वास्थ्यबारे सोधपुछ गर्ने र आवश्यक औषधी, भिटामिन घरमै ल्याइदिने गरेको बताउनु हुन्छ ।
नगरपालिकाको रतनपुरी स्वास्थ्य चौकीमार्फत वडा नम्बर ११, १२ र १३ को लाल, रतनपुर, घैयापुरी, रामथली, कुम्जोल, भक्तलाल, डम्मरपुरसहित बारासँग जोडिएका मकवानपुरका केही गाउँमा समेत यस्तो सेवा दिँदै आएको छ ।
स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएबापत सङ्घीय सरकारले दिँदै आएको यातायात खर्चमा नगरपालिकाले ५०० थप गरेर २ हजार रुपैयाँ दिँदै आएको छ । अधिकांश महिला वीरगञ्ज, हेटौँडा र भरतपुरका अस्पताल पुग्ने गर्दथे ।
https://ift.tt/33njPf4
प्रतिक्रिया लेख्नुहोस्