वीरगंजको रजतजयन्ती र इनर्वा चौकस्थित राखेको गोदामबाट दिनहु 50/60 ठेला कबाडको सामान तस्करीमार्पत भारत पठाउने गरेको स्थानीयले गुनासो गरेका छन् ।
बाहिरबाट ल्याइएको कबाडको सामान गोदाममा थन्काई स्थानीय तथा जिल्ला प्रहरीको मिलेमतोमा दिनहुँ लाखौं मूल्य बराबरको अवैध कबाडको सामान भारत पठाउँदै आएको स्रोतको दाबी छ ।
ठेलामा लोड गरी इनार्वा गाउँँको नजिकै रहेको भारतको अहिरवाटोला हुँदै सक्सौल बजारसम्म पुग्ने गरेको बताइन्छ ।
वीरगंजको छपकैया निवासी इमरान आलम कबाडको तस्करी गरिरहेको स्थानीयले आरोप लगाएका छन् । वीरगंजको भन्सार नजिकै राखेको कबाडको गोदामबाट स्थानीय प्रहरी प्रशासनको सहयोगमा इम्रानले दिनहुँ 50/60 वटा ठेला कबाडको सामान
तस्करी गरिरहेको स्थानीयले बताएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्